सार्थक ब्यूरो । आश्विन शुक्ल द्वितीया तिथी परेको आज नवरात्रको दोस्रो दिन देशभर ब्रह्मचारिणी देवीको विशेष पूजा–आराधना भइरहेको छ।नवरात्रको पहिलो दिन सोमबार दशैं घर तथा मठ–मन्दिरमा वैदिक विधिअनुसार घटस्थापना गरी जमरा राखिएको थियो। त्यसै दिन नौ दुर्गामध्ये पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा गरिएको थियो।
आज दोस्रो दिन भने दुर्गाको दोस्रो रूप ब्रह्मचारिणीको विधिपूर्वक पूजा गरिँदै छ। नवरात्रभर पूजा स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका स्तोत्र पाठ गर्ने परम्परा रहिआएको छ। धार्मिक विश्वासअनुसार नवरात्रमा देवीको भक्तिपूर्वक पूजा–आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्य








Discussion about this post