सार्थक ब्यूरो । जेनजी आन्दोलनको नाममा पटक–पटक हस्तक्षेप भइरहेको आरोपसहित बेलौरी नगरपालिकाका कर्मचारीहरूले सेवा अवरुद्ध गरेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीहरूले अत्यावश्यक स्वास्थ्य सेवा बाहेक अन्य सबै सेवा प्रवाह गर्न असमर्थ भएको जनाएका छन्।
नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयका अनुसार, जेनजी समर्थक समूहले कार्यालयमा लगातार उपस्थित भई कर्मचारीहरूमाथि अराजकता फैलाएको र मनोबल गिराएको हुँदा काम गर्न वातावरण नभएको बताइएको छ। कर्मचारीहरूले संयुक्त रूपमा हस्ताक्षर गरेका विज्ञप्तिमा गत भदौ २९ गतेदेखि निरन्तर अराजकता फैलाइएको उल्लेख छ।
सूचना अधिकारी राजेन्द्र बिष्टले भने, “कर्मचारीहरूले काम गर्ने वातावरण नभएपछि सेवाहरू सञ्चालन गर्न असमर्थ छन्।” जेनजी समर्थकहरूले नगरपालिकामा कर्मचारी नियुक्ति र करारसम्बन्धी विवरण माग गर्दै आएको र नगरप्रमुखले आफू निकटका कर्मचारी नियुक्त गरेको आरोप लगाएको पनि विज्ञप्तिमा उल्लेख छ।
नगरपालिका कर्मचारी परिवारहरूले उपप्रमुख जोगराम चौधरी र प्रमुख पोतीलाल चौधरीलाई जानकारी दिएका छन्। उपप्रमुख चौधरीले बिहीबार कार्यपालिका बैठक डाकिएको र आवश्यक मागहरू सम्बोधन गरी छिट्टै सेवा सुचारु हुने वातावरण मिलाइने बताए।








Discussion about this post