सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

भारतमा जीएसटी कटौतीपछि एकै दिन ५१ हजारभन्दा बढी सवारी साधन बिक्री

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ आश्विन ९, बिहीबार ७:११
in Breaking (With Image), अन्तर्राष्ट्रिय, आर्थिक समाचार, समाचार
0
भारतमा जीएसटी कटौतीपछि एकै दिन ५१ हजारभन्दा बढी सवारी साधन बिक्री

सार्थक ब्यूरो ।भारतमा सेप्टेम्बर २२ देखि लागू भएको नयाँ वस्तु तथा सेवा कर (जीएसटी) दरको प्रभाव अटोमोबाइल क्षेत्रमा तत्काल देखिन थालेको छ। कर कटौतीसँगै कारको मूल्य चार वर्षअघिको स्तरमा झरेपछि प्रमुख कम्पनीहरूले रेकर्ड बिक्री गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार, नवरात्रको पहिलो दिन मात्र मारुती, हुन्डाई र टाटा मोटर्सले ५१ हजारभन्दा बढी कार बिक्री गरेका छन्। साथै, कर कटौतीसँगै कम्पनीहरूले १० प्रतिशतभन्दा बढी उत्सव छुट घोषणा गरेपछि उपभोक्ता झन् आकर्षित भएका छन्।
मारुतीको ३० वर्षको रेकर्ड भंग
सेप्टेम्बर २२ मा मात्र मारुतीले करिब ३० हजार कार बिक्री गरेको छ। कम्पनीले दिएको जानकारीअनुसार, यो पछिल्लो तीन दशकको सबैभन्दा ठूलो दैनिक बिक्री हो। विशेषगरी साना कार सस्तो भएपछि मध्यमवर्गीय परिवारहरू बढी संख्यामा शोरूम पुगेका थिए।
हुन्डाईको पाँच वर्षको उच्चतम बिक्री
सोही दिन हुन्डाईले झण्डै ११ हजार कार बिक्री गरेको छ, जुन गत पाँच वर्षमा दैनिक आधारमा सबैभन्दा बढी हो। ग्रान्ड आई१० निओस र क्रेटा मोडेलमा माग बढी रहेको कम्पनीले जनाएको छ।
टाटाको पहिलो १० हजार प्लस डेलिभरी
टाटा मोटर्सले पनि पहिलोपटक एकै दिन १० हजारभन्दा बढी कार ग्राहकलाई उपलब्ध गराएको छ। नेक्सन र पन्च एसयूभी मोडेलहरू सबैभन्दा बढी रोजाइमा परेका छन्। कम्पनीका प्रवक्ताले चाडपर्वको मौसममा यो सुरुवात मात्र भएको र बिक्री अझ बढ्ने विश्वास व्यक्त गरेका छन्।
छुटको स्तरमा उल्लेख्य वृद्धि
जाटो डाइनामिक्सको अध्ययनअनुसार, गत अगस्टमा औसत छुट ९.३ प्रतिशतले बढेर ४५ हजार ३९१ भारतीय रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा करिब १० प्रतिशत बढी हो। विशेषगरी ह्याचब्याकमा छुट १०२ प्रतिशतले बढेको छ, जसले तीव्र प्रतिस्पर्धा झल्काउँछ। तर, सेडान, एसयूभी र एमपीभी खण्डमा भने प्रोत्साहन घटेको देखिन्छ।
उच्च छुटका चार कारण
विश्लेषकहरूका अनुसार अटो कम्पनीहरूले उच्च छुट दिन चार प्रमुख कारण छन्— नवरात्र चाडपर्वको सुरुवात भएकाले शुभ दिनमा कार किन्ने परम्परा। यो वर्ष जनवरी–जुनसम्म बिक्री दर केवल १.४% मात्र बढेकाले बजारमा दबाब। अगस्टसम्म कम्पनीहरूसँग ५६ दिनको स्टक रहनु, जुन सामान्यतया २१ दिन हुनुपर्ने मानकभन्दा धेरै। पेट्रोल सवारीमा छुट १४% बढाइएको तर डिजेल सवारीमा भने छुट घटाइएको।नयाँ कर दर र चाडपर्वको मौसमसँगै भारतीय अटोमोबाइल बजारमा यस वर्ष अभूतपूर्व उत्साह देखिएको छ, जसले आगामी महिनामा बिक्री अझ बढ्ने अनुमानलाई थप बल दिएको छ।

Previous Post

पाकिस्तानमा किशोरलाई हत्या अभियोगमा एकसय वर्षको कैद

Next Post

मुस्ताङबाट दशैंका लागि साढे ३६ करोड रुपैयाँको भेडाच्याङ्ग्रा बिक्री

Next Post
मुस्ताङबाट दशैंका लागि साढे ३६ करोड रुपैयाँको भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङबाट दशैंका लागि साढे ३६ करोड रुपैयाँको भेडाच्याङ्ग्रा बिक्री

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.