सार्थक ब्यूरो। सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेसका २३ नेताले राजनीतिक संकटको समाधान संविधानमै खोजिनुपर्नेमा जोड दिएका छन्। बुधबार सार्वजनिक विज्ञप्तिमा उनीहरूले दलहरू, सरकार र जेनजी आन्दोलनमा सक्रिय युवाबीच राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने सुझाव दिएका हुन्।
नेताहरूले प्रतिनिधि सभा पुनःस्थापना गरेर संविधान संशोधनको बाटो खोल्नुपर्ने बताएका छन्। संशोधित संविधानका आधारमा आमनिर्वाचनमा जाने प्रस्ताव पनि विज्ञप्तिमा समावेश छ। उनीहरूका अनुसार पुनःस्थापित संसद्मा जेनजी युवाहरूलाई पनि समावेश गरी सहमतिमूलक प्रक्रियामा अघि बढाउनुपर्छ।
विज्ञप्तिमा हाल चलिरहेको विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानलाई रोक्न आग्रह गरिएको छ। नेताहरूका अनुसार राष्ट्रिय सहमति र संवैधानिक संशोधनमार्फत मात्र मुलुक राजनीतिक स्थायित्वतर्फ अघि बढ्न सक्छ।








Discussion about this post