कैलालीमा मेयर बालेन र सुधनविरुद्ध किटानी जाहेरी, प्रहरीको अनुसन्धान तयारी

सार्थक ब्यूरो। काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङविरुद्ध कैलाली प्रहरीले दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको छ। एमाले निकट अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले उनीहरूविरुद्ध किटानी जाहेरी दिएका हुन्।
प्रहरीका अनुसार जाहेरी प्राप्त भइसकेको छ तर दर्ता प्रक्रिया पूरा हुन बाँकी छ। खड्काले देशभर भइरहेको आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको आरोपसहित जाहेरी दिएका हुन्।
उनीहरूले प्रहरीलाई बुझाएको जाहेरीमा भिडिओ, फोटो र विभिन्न फुटेजसमेत पेनड्राइभमा राखेर प्रमाणका रूपमा प्रस्तुत गरिएको बताइएको छ।
कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले घटनालाई संवेदनशील रूपमा लिएर केन्द्रको निर्देशनअनुसार अघि बढ्ने जनाएका छन्। उनले भने, “मुद्दा राजनीतिक संवेदनासँग जोडिएको हुनाले निष्पक्ष अध्ययनपछि मात्रै अगाडि बढाइनेछ।”
यता, स्थानीय नागरिकहरूले राजनीतिक द्वन्द्वले समाजमा भय र असुरक्षाको वातावरण सिर्जना गरेको भन्दै संयम अपनाउन आग्रह गरेका छन्। उनीहरूका अनुसार “राजनीतिक प्रतिस्पर्धा मानवीय मर्यादा र जिम्मेवारीसहित हुनुपर्ने” बेला आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित