सार्थक ब्यूरो। मार्मा गाउँपालिका–३ दानीखेतमा भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ । शुक्रबार बिहान लटिनाथबाट सार्सी जाँदै गरेको सु.प्र.प्र. ०१–००१ ज १६६२ नम्बरको जिप दुर्घटनाग्रस्त हुँदा गाडीका मालिक ३४ वर्षीय करबिर सिंह ठगुन्नाको मृत्यु भएको हो ।
वडाअध्यक्ष धिरेन्द्र धामीका अनुसार ठगुन्ना दुर्घटनापछि गाडीको बीच सिटमा बेहोस अवस्थामा फेला परेका थिए । उनलाई उद्धार गरी स्वास्थ्यचौकी लगिएको भए पनि उपचारअघि नै मृत घोषित गरिएको बताइएको छ ।
प्रहरीका अनुसार जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो । तर दुर्घटनाको कारण र चालक को हुन् भन्ने विषयमा अहिलेसम्म स्पष्ट भएको छैन ।इलाका प्रहरी कार्यालय लटिनाथका प्रमुख जंगबहादुर चन्दले चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।


















Discussion about this post