कञ्चनपुरमा यात्रुवाहक बस दुर्घटना, एकको मृत्यु

सार्थक ब्यूरो । काठमाडौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ना ७ ख ६१८२ नम्बरको बस कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परि कृष्णपुर नगरपालिका–१ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बसमा पाँच जना यात्रु सवार रहेका थिए। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रहरीले दुर्घटनाको कारण प्रारम्भिक रूपमा तीव्रगतिका कारण भएको अनुमान गरे पनि विस्तृत विवरणका लागि अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित