भीमदत्त नगरपालिका–१४ मा हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

सार्थक ब्यूरो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, बनकट्टी स्याउलेमा सोमबार राति भएको हात्तीको आक्रमणमा गम्भीररूपमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट मानवीय बस्तीमा पसेको जंगली हात्तीले मध्यराततिर नन्दलाल विष्टको कच्ची घर भत्काउँदा घरभित्र सुतेकी उनकी ४५ वर्षीया श्रीमती धना विष्ट घाइते भएकी थिइन्। घर भत्किएपछि ज्यान जोगाउन बाहिर निस्कने क्रममा हात्तीको धक्काले उनी गम्भीर रूपमा लडेर चोट लागेकी थिइन्।
घटनापछि प्रहरी चौकी झोलुङ्गे र मझगाउँस्थित नेपाली सेनाको टोली तत्कालै घटनास्थल पुगेको थियो। घाइते उनलाई स्थानीयको सहयोगमा उद्धार गरी रातकै समयमा महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुर्‍याइएको थियो।
अस्पतालका अनुसार उपचारका क्रममा मंगलबार बिहान करिब ४:४५ बजे धना विष्टको मृत्यु भएको छ।प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित