सार्थक ब्यूरो ।नेकपा एमालेको आसन्न ११औँ महाधिवेशन नजिकिँदै जाँदा राजधानीमा यससम्बन्धी गतिविधि तीव्र बनेका छन्। आज काठमाडौंमा महाधिवेशन केन्द्रित दुई फरक कार्यक्रम सञ्चालन हुने भएका छन्।
दिउँसो २ बजेदेखि प्रेस चौतारी नेपालले आयोजना गरेको विशेष अन्तर्क्रिया कार्यक्रममा पार्टीका सचिव लेखराज भट्ट सहभागी हुने तय गरिएको छ। कार्यक्रममा भट्टले महाधिवेशनका तैयारि र एजेन्डाबारे धारणा राख्नेछन्।
यस्तै, दिउँसो १ बजे होटल हार्दिकमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेतृ बिन्दा पाण्डे सहित महिला नेतृहरूको छुट्टै संवाद कार्यक्रम पनि आयोजना हुँदैछ। उक्त कार्यक्रममा रचना खड्का, उषा किरण तिम्सिना लगायतले नेतृत्व चयन र महाधिवेशनको विषयमा विचार साझा गर्नेछन्।


















Discussion about this post