नेशनल लाईफ टिकापुर शाखाद्वारा अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

सार्थक ब्यूरो । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको टिकापुर शाखाको आयोजनामा अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ । मंसिर २७ गते शनिबार आयोजित कार्यक्रम टिकापुर शाखाका शाखा प्रमुख प्रकाश खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नविनकिशोर भट्ट रहनु भएको थियो भने पेशागत बिमा अभिकर्ता संघ, बिमक नेशनल लाईफका प्रदेश अध्यक्ष तथा चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा टिकापुर शाखाबाट संजालमार्फत उत्कृष्ट बिमा व्यवसाय गर्ने, व्यक्तिगत कोडमा उत्कृष्ट प्रदर्शन गर्ने तथा निरन्तर रूपमा बिमा व्यवसायमा सक्रिय अभिकर्ताहरूलाई प्रमाणपत्र, मेडल र खादा प्रदान गरी सम्मान गरिएको थियो ।
विशिष्ट अतिथि चन्दले बिमा व्यवसायलाई मर्यादित र दिगो बनाउन सकारात्मक सोच, दृढ संकल्प र निरन्तर प्रयास आवश्यक हुने उल्लेख गर्दै आफ्ना व्यावहारिक अनुभव साझा गर्नु भयो । उहाँ लगातार तीन पटक संजाल व्यवसायतर्फ सुदूरपश्चिम प्रदेश प्रथम हुन सफल भएको जानकारी समेत गराउनु भयो ।
त्यसैगरी प्रमुख अतिथि भट्टले प्रेरणामूलक मन्तव्य राख्दै बिमा व्यवसायमा आवद्ध हुनुका लाभ र सम्भावनाबारे प्रशिक्षण दिनु भयो ।
कार्यक्रममा टिकापुर शाखाका शाखा प्रमुख प्रकाश खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सुखड शाखाकी शाखा प्रमुख स्नेहा तिवारीले गर्नु भएको थियो । कार्यक्रममा करिब पाँच दर्जन अभिकर्ताहरूको सहभागिता रहेको थियो ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालकै अग्रणी जीवन बिमा कम्पनीमध्ये एक हो । कम्पनीले विगत ३८ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको छ भने सर्वाधिक बोनस दर प्रदान गर्ने कम्पनीका रूपमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित