एमाले महाधिवेशन: उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक

सार्थक ब्यूरो ।नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।
भृकुटीमण्डपमा जारी महाधिवेशनमा उपाध्यक्षका पाँच पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। महासचिव पदमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन्। तीन उपमहासचिव पदका लागि सात जनाको नाम दर्ता भएको छ भने नौ सचिव पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन आयोगका अनुसार आज अपराह्न ४ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी छ। महाधिवेशनमा कुल २,२६२ जना प्रतिनिधि सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित