सार्थक ब्यूरो ।नेकपा एमालेको पदाधिकारी निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। कुल २ हजार २२७ मत खसेको निर्वाचनमा अध्यक्षदेखि सचिवसम्मका पदका उम्मेदवारहरूको मतगणना सम्पन्न भएको हो।
अध्यक्ष पदमा केपी शर्मा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाए।
उपाध्यक्ष पदतर्फ पृथ्वी सुव्वा गुरुङले १ हजार ७३७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। विष्णु प्रसाद पौडेलले १ हजार ६७५, रामबहादुर थापा ‘बादल’ले १ हजार ५१६, गोकर्णराज विष्टले १ हजार ३६८ र रघुजी पन्तले १ हजार २५८ मत प्राप्त गरेका छन्। यस्तै गुरु प्रसाद बरालले १ हजार १३७, बिन्दा पाण्डेले ९२१, पर्शुराम मेघी गुरुङले ४६१, अरुण नेपालले ४३९, टंक प्रसाद कार्कीले ३५८ र भीम प्रसाद आचार्यले २६५ मत पाएका छन्।
महासचिव पदमा शंकर पोखरेलले १ हजार २२८ मत ल्याउँदै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र प्रसाद पाण्डेले ९९९ मत प्राप्त गरेका छन्।
उपमहासचिव पदमा लेखराज भट्टले सबैभन्दा बढी १ हजार ४५२ मत पाएका छन्। रघुवीर महासेठले १ हजार ३६८, योगेश भट्टराईले १ हजार ३४८, विष्णु प्रसाद रिमालले १ हजार ९१, आनन्द प्रसाद पोखरेलले ६३५, वैजनाथ चौधरीले ५१७ र राजेन्द्र प्रसाद गौतमले २७० मत प्राप्त गरेका छन्।
सचिव पदतर्फ महेश बस्नेतले १ हजार ५३४ मत ल्याएका छन्। पद्मा कुमारी अर्यालले १ हजार ५३०, छविलाल विश्वकर्माले १ हजार ५०६, शेरधन राईले १ हजार ५०३, हिक्मत कुमार कार्कीले १ हजार ३३७, खगराज अधिकारीले १ हजार ३३१, भानुभक्त ढकालले १ हजार १०८, गोकुल प्रसाद बास्कोटाले १ हजार ३०, यमलाल कडेलले १ हजार १८५ र राजन भट्टराईले १ हजार १८१ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूले पनि उल्लेख्य मत प्राप्त गरेका छन्।
एमालेले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गर्ने तयारी अघि बढाएको जनाएको छ।


















Discussion about this post