त्रिनगर नाकाबाट भारततर्फ रोजगारी खोज्नेको चहलपहल बढ्दो

सार्थक ब्यूरो ।चाडपर्व र घरायसी काम सकेर फर्किएका नेपालीहरू पुनः रोजगारीका लागि भारत जाने क्रम तीव्र बनेको छ। कैलालीको त्रिनगर नाकाबाट दैनिक ठूलो सङ्ख्यामा नागरिकहरू कामको खोजीमा भारततर्फ प्रस्थान गरिरहेका छन्।
सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुसार पछिल्लो एक सातामै तीन हजार सात सयभन्दा बढी नेपाली भारत गएका छन्। खेतीपाती तथा अन्य घरायसी काम टुंग्याएपछि धेरैजसोले फेरि भारतलाई रोजगारीको गन्तव्य बनाएका हुन्।
अछामको रामारोशनका मङ्ल परियारले नेपालमा स्थायी र पर्याप्त आम्दानी हुने रोजगारी पाउन कठिन भएकाले भारत जान बाध्य भएको बताए। “यहाँ काम भेटिए पनि कमाइले घर चलाउन गाह्रो हुन्छ, भारतमा भने काम सजिलै पाइन्छ र आम्दानी पनि स्पष्ट देखिन्छ,” उनले भने।
त्यसैगरी चुरे गाउँपालिकाका झलक साउदले पनि घरका काम पूरा भएपछि पुनः रोजगारीका लागि मुम्बई फर्किन लागेको बताए। सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लाका धेरै नागरिक मुम्बई, दिल्ली, पिथौरागढ, नासिक, पञ्जाब र अहमदाबादजस्ता भारतीय सहरमा रोजगारीका लागि जाने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित