सुदूरपश्चिम तराईमा चिसोको प्रभाव बढ्दो, तापक्रम १५ डिग्रीमा सीमित

सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पछिल्ला दिनयता चिसो उल्लेख्य रूपमा बढेको छ। निरन्तर हुस्सु र शीतलहर चलेसँगै कञ्चनपुर र कैलालीलगायतका जिल्लामा चिसोको असर देखिएको हो, जसका कारण दैनिक जनजीवन प्रभावित बन्दै गएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका अनुसार केही दिनदेखि धनगढी क्षेत्रको अधिकतम तापक्रम करिब १५ डिग्री सेल्सियसमा सीमित रहँदै आएको छ भने न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस आसपास मापन भइरहेको छ।
आज बिहान मापन गरिएको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस रहेको जनाइएको छ भने आजको अधिकतम तापक्रमको विवरण आउन बाँकी छ। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म तराई क्षेत्रमा मौसममा खास सुधार हुने सम्भावना देखिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित