एमालेको समानुपातिक बन्द सूची सार्वजनिकः समावेशिता र योगदानलाई प्राथमिकतामा राखिने दाबी

सार्थक ब्यूरो ।नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । विभिन्न समुदाय र वर्गबाट ११० जनाको नाम समेटिएको उक्त सूचीलाई पार्टीले समावेशी, सन्तुलित र योगदानमा आधारित भएको जनाएको छ ।
पार्टी नेतृत्वका अनुसार सूची तयार गर्दा लामो समयदेखि पार्टी, जनसंगठन तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई प्राथमिकतामा राखिएको छ । अन्य दलका समानुपातिक सूचीसँग तुलना गर्दा यसमा परिवारवाद, नातावाद र कृपावाद न्यून देखिएको दाबी एमालेको छ ।
खस–आर्य समूहबाट ३६ जना समावेश
खस–आर्य समूहअन्तर्गत महिलातर्फ पूर्वमन्त्री पद्मा अर्याल, टुकाभद्रा हमाल, निरुदेवी पाल, कोमल वली, नर्वदादेवी सिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एशुदाकुमारी बराल, लीलाकुमारी भण्डारीलगायतका नाम सूचीमा छन् ।
पुरुषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा (स्याङ्जा), हरिशंकर योगी, बालाराम शर्मासहित अन्य व्यक्तिहरू समेटिएका छन् ।
आदिवासी जनजातिबाट उल्लेख्य प्रतिनिधित्व
आदिवासी जनजाति समूहबाट महिलातर्फ भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, भक्तकुमारी लामा, मीना बरामलगायतको नाम समावेश छ ।
पुरुषतर्फ रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, सन्तबहादुर प्रजा, ओमबहादुर घर्ती मगर, प्रेम घले, दलबहादुर गुरुङलगायत सूचीमा परेका छन् ।
मधेसी, दलित, थारु र मुस्लिम समुदायको सहभागिता
मधेसी समुदायबाट महिलातर्फ रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मञ्जु महतो, अंशु सिंहलगायतको नाम छ । पुरुषतर्फ चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तवलगायत उम्मेदवार बनाइएका छन् ।
दलित समुदायबाट महिलातर्फ विष्णुमाया विक, नीता घतानी, राधिका भुजेल साकी, अञ्जु नेपाली, उर्मिलादेवी पासमानलगायत छन् । पुरुषतर्फ जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, बोमबहादुर विश्वकर्मालगायत समेटिएका छन् ।
थारु समुदायबाट महिलातर्फ मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी र असरादेवी चौधरी छन् भने पुरुषतर्फ कृपाराम राना, शिवप्रसाद चौधरी र जजीर प्रसाद चौधरी सूचीमा परेका छन् ।
मुस्लिम समुदायबाट महिलातर्फ साजिदा खातुन सिद्धिकी, रुही नाज र रोजीरन खातुन तथा पुरुषतर्फ मोहम्मद हारुन हलवाई र एकवाल मियाँलाई उम्मेदवार बनाइएको छ ।
समावेशिता र योगदानलाई आधार बनाइएको दाबी
एमालेका अनुसार समानुपातिक बन्द सूची तयार गर्दा संविधानले व्यवस्था गरेको समावेशिताको मापदण्डसँगै पार्टी र समाजप्रति गरिएको योगदानलाई मुख्य आधार बनाइएको हो । पारिवारिक सम्बन्ध, नातागोता वा आर्थिक पहुँचका आधारमा नाम छनोट नगरिएको पार्टीको स्पष्टिकरण छ ।
राजनीतिक वृत्तमा एमालेको सूचीलाई अन्य दलका सूचीसँग तुलना गरेर हेरिन थालेको छ । विश्लेषकहरूका अनुसार सार्वजनिक सूचीमा समेटिएका नाम र पृष्ठभूमिले पार्टीको ‘परिवारवाद र नातावाद हावी छैन’ भन्ने दाबीलाई मूल्याङ्कन गर्ने आधार प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित