रनिङ्ग सिल्ड प्रतियोगिता सुरु

लक्ष्मी दत्त पाण्डेय
पाटन नगरपालिका बैतडी द्धारा आयोजित ५ औँ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता श्री कृष्ण माध्यमिक विद्यालय पाटन बैतडीको खेल मैदानमा सुरु भएको छ ।
पाटन नगर स्तरीय खेलकुद समितिका अध्यक्ष रमेश वोहराको अध्यक्षतामा सुरु भएको सिल्ड प्रतियोगितामा पाटन नगरपालिकाको १० वटै वडाका १६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
भलिवल तथा एथलेटिक्स खेल खेलाईने सो प्रतियोगितामा प्रमुख अतिथि जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिह धामीले विकास अनुशासन र गतिशिलता खेलाडीको आदर्श भएको वताउनुभयो ।
पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिह रावलले सवै खेलाडीहरुले अनुशासित रुपमा तीन दिन सम्म आफ्नो अनुशासन र प्रतिभा देखाउन सम्पूर्ण खेलाडी तथा अफिसियल टिमलाई अनुरोध गर्नु भयो ।
पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित कुमार पाण्डेयले सवै खेलाडीलाई स्वागत गर्दै स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद भन्ने नारा साकार पार्न खेलाडीहरुमा अनुरोध गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित