सार्थक ब्यूरो । बिघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवार बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसले मंगलबार आयोगमा ११० जनाको नाम समावेश भएको सूची दर्ता गराएको हो ।
निर्वाचन तालिकाअनुसार आइतबार र सोमबार समानुपातिक बन्द सूची बुझाउने समय तोकिएको भए पनि कांग्रेसले एक दिन ढिलो गरी मंगलबार बिहान ११ बजेपछि आयोगमा सूची बुझाएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आयोगमा बन्द सूची दर्ता गराउनुभएको हो ।
कांग्रेसको समानुपातिक सूचीमा पार्टीका वरिष्ठ तथा चर्चित नेताहरू समेटिएका छन् । पूर्वउपसभापति गोपालमान सिंह राजभण्डारी, पूर्वमहामन्त्री अर्जुननरसिंह केसी, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, साथै गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका पुत्र डा. चन्द्रमोहन यादव तथा नेता महेन्द्र यादवलाई समानुपातिकतर्फ उम्मेदवार बनाइएको छ ।
समानुपातिक बन्द सूचीमा परेका उम्मेदवारहरू
कांग्रेसले आयोगमा बुझाएको बन्द सूचीमा भीष्मराज आङ्दम्बे, गोपालमान सिंह राजभण्डारी, थलकुमार लिंखा, विजय सोम्बाहाम्फे, गीता गुरुङ, गीताकुमारी सेन्दाङ, सविता राई, प्रेमिका राना मगर, निर्मला गुरुङ, गोमाकुमारी भट्टराई, सुशीला ढकाल आचार्य, रुक्मिणी देवी कोइराला, रिना उप्रेती, जमिल अख्तर मिया, गोमा के.सी., डा. प्रमिला गच्छदार, मनुमाया विश्वकर्मा, चन्द्रेश्वर शर्मा खत्वे, नगमा शाहिद, चन्दन झा, मनहरि श्रेष्ठ, सत्यनारायण चौधरी, रामसुन्दर महरा, कञ्चनकुमारी पासवान, निनु कर्ण, कविता यादव, सुजाता देवी, परमिला महतो, औरमिला कुमारी यादव, मो. अन्सार खाँ, डा. चन्द्रमोहन यादव र महेन्द्र यादव रहेका छन् ।
यसैगरी रामनरेश कुशवाहा, राजेन्द्र जयसवाल, प्रियंका दास, पवित्रा सुनार, सहजान खातुन, शान्ता कुमारी तामाङ, नियती सिंह, ग्याल्जे शेर्पा, पेम्वा छिरिङ तामाङ, सेतेमान तामाङ, महेन्द्र थिङ, विनोद प्रकाश कायस्थ, डा. जगतबहादुर तामाङ, गणेशमान चक्रधर, भीमसेन दास प्रधान, नारायण श्रेष्ठ, डा. गंगालक्ष्मी अवाल, रेनुका काउचा, कमला राजभण्डारी, शकुन्तला शर्मा, अर्जुननरसिंह केसी, श्रीविनोद भट्टराई, सितादेवी देवकोटा, सीता थपलिया (उर्मिला), उमा शिवाकोटी, सर्मिला श्रेष्ठ र छिरिङ डोल्मा शेर्पा पनि सूचीमा समावेश छन् ।
कांग्रेसले समानुपातिक सूची तयार गर्दा संविधानले व्यवस्था गरेको समावेशी मापदण्डलाई ध्यानमा राखिएको जनाएको छ । पार्टी स्रोतका अनुसार विभिन्न समुदाय, क्षेत्र र वर्गको प्रतिनिधित्व हुने गरी उम्मेदवार चयन गरिएको हो ।


















Discussion about this post