विशेष पकेटक्षेत्र विकास कार्यक्रम संचालन गरिने

लक्ष्मी दत्त पाण्डेय
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीद्धारा चालु आर्थीक वर्षमा भैसीपालन तथा वाख्रापालन सम्वन्धी स्थानिय तह विशेष पटेक क्षेत्र विकास कार्यक्रम संचालन गरिने भएको छ ।
बैतडी जिल्लाका १० वटा स्थानिय तह मध्ये पाटन र मेलौली नगरपालिकामा विशेष भैसी पकेट क्षेत्र र दशरथ चन्द नगरपालिका, पुर्चौडी नगरपालिका, डिलासैनी गाँउपालिका, दोगडाकेदार गाँउपालिका, सुर्नया गाँउपालिका, शिवनाथ गाँउपालिका र पञ्चेश्वर गाँउपालिकामा विशेष वाख्रा पकेट क्षेत्र संचालन गरिने भएको हो ।
कार्यक्रम संचालनका लागि सूचना प्रकाशित गरी आवश्यक कागजपत्र संकलन भईसकेको र किसानहरु छनौटका लागि छनौट समिति गठन भईसकेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानी दत्त पन्त वताउनु हुन्छ ।
भैसी पकेट तथा वाख्रा पकेटका लागि प्रति पालिका रु. ४० लाखका दरले १० वटा पालिकामा रु. ४ करोड वजेट समेत निकासा भईसकेको वताईन्छ ।
भैसी पालक किसानहरुले पशुपंन्छी फर्म दर्ता गरी करचुक्ता गर्नका साथै कम्तीमा ३ वटा भैसी पालन गरेको हुनुपर्ने तथा वाख्रा पालक किसानहरुले फर्म दर्ता गरी करचुक्ता गर्नका साथै व्यक्तिगत रुपमा ३० तथा सामूहिक रुपमा ३०० वटा वाख्रा पालन गरेको हुनु पर्ने प्रावधान राखिएको प्रमुख पन्त वताउनु हुन्छ ।
कार्यक्रम संचालन गर्न भकारो सुधार, अभिमुखिकरण, पशु विमा, वजारीकरण, घाँस तथा गुणस्तर सुधार र ढुवानी साधन लगायत डेरी पसल संचालनमा समेत अनुदान दिईने वताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित