सार्थक ब्यूरो ।नेपाल र भारतका सीमा जोडिएका जिल्लाका सुरक्षा तथा प्रशासनिक अधिकारीबीच सीमा अपराध नियन्त्रण र शान्ति सुरक्षाका विषयमा छलफल भएको छ । बिहीबार कैलालीको गोदावरीमा आयोजित सीमा जिल्ला समन्वय बैठकमा खुला सीमाका कारण देखिन सक्ने चुनौतीबारे विशेष ध्यान दिइएको थियो ।
आगामी फागुन २१ गते नेपालमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि रोकथाम र सुरक्षा व्यवस्थापनका विषयमा बैठकमा विचार–विमर्श भएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार बैठकमा स्थानीय तहमा देखिने द्विपक्षीय समस्या समाधानका उपायसहित अन्य समसामयिक विषयमा पनि छलफल गरिएको थियो ।
बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला तथा भारतको लखिमपुर खिरी जिल्लाकी जिलाधिकारी दुर्गा शक्ति नागपालको नेतृत्वमा दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।


















Discussion about this post