बैतडीमा जीप दुर्घटना, तीन जनाको ज्यान गयो, दर्जनौँ घाइते

सार्थक ब्यूरो ।बैतडीको पाटन नगरपालिका–८ स्थित विजयपुर नजिक आज बिहान भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा सिगास गाउँपालिका–१ का २४ वर्षीय निसान्त बोहरा, २८ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको ज्यान गएको हो।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाउने क्रम चलिरहेको छ। हालसम्म एक जना महिला घाइतेलाई अस्पताल पुर्‍याइएको जानकारी प्राप्त भएको छ।
सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेल्धुरा तर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप आज बिहान करिब १० बजे दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारीअनुसार जीपमा करिब २० जना सवार थिए।
जीप सडकबाट करिब ४ सय मिटर तल खसेको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। उद्धारमा स्थानीय बासिन्दा र प्रहरी टोली परिचालित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित