सार्थक ब्यूरो ।नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यले बसेको त्रिपक्षीय बैठक तत्कालका लागि स्थगित गरिएको छ। नेताहरूबीचको सहमतिअनुसार बैठक दिउँसो पुनः बस्ने तय गरिएको छ।
पार्टीभित्र एक समूहले विशेष महाधिवेशनको माग गर्दै आएको छ भने अर्को समूह त्यसमा सहमत देखिएको छैन। यही मतभेदबीच सहमतिको बाटो खोज्न बिहानदेखि तीन पक्षका नेताहरूबीच छलफल भएको थियो।
बैठकमा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले छलफलमा प्रारम्भिक विषयमात्र उठेको जानकारी दिएका छन्। उनका अनुसार विशेष महाधिवेशन किन आवश्यक भयो भन्ने विषय आफूहरूले राखेका थिए र अन्य पक्षले त्यसलाई सुनेका थिए। एजेण्डागत छलफलका लागि दिउँसो २:३० बजे पुनः बैठक बस्ने निर्णय भएको उनले बताए।
छलफलमा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी थिए। सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण उपस्थित थिए भने शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल बैठकमा सहभागी भएका थिए।


















Discussion about this post