सार्थक ब्यूरो ।थारु समुदायमा आज जिता पर्व उल्लासका साथ मनाइँदै छ। माघी पर्वको पूर्वसन्ध्यामा पर्ने पुस महिनाको अन्तिम दिन थारु समुदायले परम्परागत रूपमा जिता पर्व मनाउने प्रचलन रहेको छ।
जिता पर्वका अवसरमा बङ्गुर (जिता) बलि दिएर सामूहिक रूपमा उत्सव मनाउने चलन रहेको छ। यसै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको प्रदेश राजपत्रमा उल्लेख गरिएको छ।
थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा लिने परम्परा अनुसार पुसको अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विभिन्न सांस्कृतिक तथा पारिवारिक कार्यक्रम गरी पर्व मनाउने गर्छन्। माघ १ गतेलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइँदै आएको छ भने त्यसपछिका दिनमा कतिपय स्थानीय तहले समेत बिदा दिने अभ्यास रहँदै आएको छ।


















Discussion about this post