पूर्वराष्ट्रपति भण्डारीद्वारा माघे संक्रान्ति तथा माघीको शुभकामना

सार्थक ब्यूरो ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति तथा माघी पर्वको अवसर पारेर देश–विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभेच्छा व्यक्त गर्नुभएको छ।
उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा माघे संक्रान्ति नेपालका विभिन्न समुदायले आफ्ना मौलिक संस्कार, संस्कृति र परम्पराअनुसार उत्साहपूर्वक मनाउँदै आएको पर्व भएको उल्लेख गर्नुभएको छ। यस पर्वका अवसरमा पवित्र नदीमा मकर स्नान गर्ने, पूजा–आराधना गर्ने तथा तरुल, सेलरोटी, तिलका लड्डु, घिउ र चाकुजस्ता परम्परागत परिकार सेवन गर्ने चलन रहँदै आएको उहाँले स्मरण गराउनुभएको छ।
साथै, थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा विशेष महत्वका साथ मनाउने परम्परा रहेको कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ।
पूर्वराष्ट्रपति भण्डारीले माघे संक्रान्ति र माघी पर्वले प्रकृति, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्‍याउँदै सभ्य, सुसंस्कृत, समतामूलक तथा विकसित समाज निर्माणका लागि सबैमा सकारात्मक प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित