सार्थक डेस्क। प्रतिनिधिसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरूलाई उम्मेदवार चयन गर्न समय अपुग भएको भन्दै निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति केही दिन पछि सार्ने सम्भावना औंल्याएको छ।
आयोग स्रोतका अनुसार विभिन्न दलहरूले औपचारिक र अनौपचारिक रूपमा मनोनयनको समय बढाउन माग गर्दै आएका छन्। दलहरूबाट बढ्दो दबाब आएपछि आयोगले मिति समायोजनको विकल्पबारे छलफल अघि बढाएको बुझिएको छ।
निर्वाचन आयोगका एक आयुक्तले दलहरूबाट लगातार आग्रह आएको स्वीकार गर्दै सर्वदलीय सहमति बनेमा मनोनयनको मिति एक–दुई दिन सार्न सकिने अवस्था रहेको जानकारी दिए।
आयोगले भने फागुन २१ गते तय गरिएको निर्वाचन मिति भने यथावत् राख्दै, त्यसलाई असर नपर्ने गरी उम्मेदवारी दर्ताको समय मिलाउने तयारी गरेको जनाएको छ।
यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ। देउवा पक्षले आयोगसमक्ष समेत उम्मेदवारी दर्ताको मिति सार्न आग्रह गरेको बताइएको छ।


















Discussion about this post