शेखर कोइरालाले आफ्ना समर्थक नेताहरूको भेला बोलाए

सार्थक डेस्क।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान राजनीतिक घटनाक्रमबारे आन्तरिक छलफल गर्न आफ्नो समूहका नेताहरूलाई बैठकका लागि आह्वान गरेका छन्।
उनको सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजे काठमाडौंस्थित अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ।
पार्टीको विशेष महाधिवेशनलाई औपचारिक मान्यता दिइएपछि सिर्जना भएको नयाँ राजनीतिक अवस्थाबारे साझा धारणा बनाउन बैठक बोलाइएको जनाइएको छ। छलफलका क्रममा सहभागी नेताहरूबाट सुझाव संकलन गरी आगामी रणनीति तय गर्ने उद्देश्य रहेको शेखर कोइराला पक्षका एक नेताले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित