एमालेद्वारा अध्यक्ष ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजारभन्दा बढी सदस्यलाई पत्राचार

सार्थक ब्यूरो ।नेकपा एमालेले आफ्ना संगठित सदस्यहरूलाई लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित एउटै सन्देश समेटिएको पत्र ६ लाख ६७ हजारभन्दा बढीलाई पठाएको छ। पार्टी स्रोतका अनुसार हाल सक्रिय संगठित सदस्य मात्र नभई विगतमा सदस्यता लिएका तर पछिल्लो समय नवीकरण नगरेका व्यक्तिहरूलाई पनि उक्त पत्र पठाइएको हो।
पत्र प्राप्त भएको उल्लेख गर्दै केही सदस्यहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्न थालेका छन्। निर्वाचन केन्द्रित उक्त पत्रमा अध्यक्ष ओलीले फागुन २१ गते तय भएको निर्वाचनलाई मुलुकको भविष्य निर्माण गर्ने कि विनाशतर्फ धकेल्ने भन्ने निर्णय हुने निर्णायक घडीका रूपमा चित्रण गरेका छन्।
साथै, देशलाई समृद्धिको दिशामा अघि बढाउन एमालेको स्पष्ट बहुमत अपरिहार्य रहेको धारणा पनि पत्रमार्फत व्यक्त गरिएको छ।
एमालेका अनुसार यसअघि पनि अध्यक्ष ओलीको हस्ताक्षरसहित समान प्रकृतिको सामग्री पार्टीका केन्द्रीय सदस्यहरूलाई पठाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित