कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण, ६ वर्षीया बालिकाको ज्यान गयो

सार्थक ब्यूरो।कञ्चनपुर जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। लालझाँडी गाउँपालिका–६ ढक्का चानदेवमा हात्तीको आक्रमणमा परेकी ६ वर्षीया रोजिना साउदको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति करिब २ः३० बजेतिर जङ्गली हात्ती स्थानीय किसन सिंह साउदको घर नजिक प्रवेश गरेको थियो। सोही क्रममा घरबाट जोगिन खोज्दा ५५ वर्षीया पार्वती साउद र उनकी ६ वर्षीया छोरी रोजिनामाथि हात्तीले आक्रमण गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका आमा–छोरीलाई तत्काल झलारीस्थित टि एन्डी अस्पताल पुर्‍याइएको थियो। त्यहाँबाट थप उपचारका लागि रातिनै धनगढी लगिएकोमा बालिका रोजिनाको आज बिहान नवजीवन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब निरीक्षकले जानकारी दिनुभयो।
प्रहरीका अनुसार पार्वती साउदको अवस्था भने हाल मध्यम रहेको छ। निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको जङ्गली हात्तीका कारण स्थानीयवासीहरू त्रसित बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित