बैतडीको दोगडाकेदारमा इभी हाइस दुर्घटना, चालकको ज्यान गयो

सार्थक ब्यूरो।बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–३ अन्तर्गत श्रीकोटको घोणेधार क्षेत्रमा इभी हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी इभी हाइसका चालकको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक बल्देव बडूका अनुसार दुर्घटनामा दोगडाकेदार गाउँपालिका–५ न्वाली निवासी २५ वर्षीय मदन ठगुन्नाको मृत्यु भएको हो।
शनिबार राति करिब ९ः४५ बजे सिल्लेगडाबाट बडिँयातर्फ गइरहेको सुप प्र ०३–००१ ज ०६२४ नम्बरको इभी हाइस घोणेधार क्षेत्रमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका चालक ठगुन्नालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार इभी हाइस सडकबाट करिब २५० मिटर तल खोलामा खसेको थियो। दुर्घटनाको समयमा हाइसमा चालक मात्र सवार थिए।
यसअघि बिहीबार बैतडीको पुर्चौडी नगरपालिका–७ मा जन्ती बोकेर फर्किंदै गरेको बस दुर्घटना हुँदा बैतडी र बझाङका गरी १३ जनाले ज्यान गुमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित