सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ माघ २७, मंगलवार ६:१८
in Breaking (With Image), समाचार
0
विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न

सार्थक ब्यूरो।घरदेशदेखि परदेशमा नेपाली भाषा साहित्यको प्रवद्र्धन तथा प्रवासमा नेपाली भाषा पुस्तान्तरणमा सक्रिय रहेकी साहित्यकार विमला निरौलाको तेह्रौँ कृति प्रेमाश्रु कथासङ्ग्रह सार्वजनिक भएको छ ।मिलाप पब्लिकेशनले आयोजना र अनेसास दर्पणले संयोजन गरेको लोकार्पण कार्यक्रमको सभापतित्व पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले गरेका थिए भने प्रमुख आतिथ्यता स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका थिए ।
अनेसास दर्पणका कार्यकारी सम्पादक तथा लोकार्पित कृतिका सम्पादक रमेश दाहालले उपस्थित अतिथिहरुलाई मन्तव्यसहित स्वागत गरेका थिए ।
प्रमुख अतिथि रोदन, सभापति भुसाल बाल साहित्य समाज नेपालका पूर्व अध्यक्ष प्रमोद प्रधान, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, प्रा।डा। यज्ञश्वर निरौला, सम्पादक दाहाललगायत उपस्थित सबै विशिष्ट साहित्यकारहरुबाट कृतिको संयुक्त रुपमा लोकार्पण गरिएको थियो ।
कृति लोकार्पणपश्चात् सर्जक विमला निरौलालाई विशिष्ट अतिथि प्रमोद प्रधानले दोसल्ला, प्रमुख अतिथि रोदनले माला तथा मिलापका अध्यक्ष भूसालले मिलाप कभर सम्मान गरेका थिए ।
साहित्यकार भैरवी भूगोलको माधुर्यतापूर्ण आवाजबाट सञ्चालित कार्यक्रममा प्रा।डा। यज्ञश्वर निरौलाले कृतिमाथि समीक्षा गरेका थिए । निरौलाले सरल सरस र सुललित प्रस्तुतिका कारण कथाहरु एकै बसाईमा झर्को नलागी पढिने र मन छुने रहेको बताएका थिए । २९ कथामध्ये १८–२० ओटा कथा प्रेमसम्बन्धी शीर्षक रहेको र अन्य कथाहरुको विषयवस्तु र घटना पनि प्रेममय नै भएको बताएका थिए ।
विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले प्रेमाश्रुले पाठकको मन जित्ने कुरा बताउँदै स्रष्टा विमला निरौलालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी गीतकार संघका अध्यक्ष थापाले आउँदै गरेको प्रेमदिवसको सन्दर्भ कोट्याउँदै प्रेमाश्रुका लागि बधाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साहित्यकार फणिन्द्र निरौलाले कृतिकारको सिर्जनाहरुका पाठक आफू पहिलेदेखि भएको कुरा बताउँदै शुभकामना तथा बधाई दिएका थिए ।
साहित्यकार लक्ष्मी उप्रेतीले बालसाहित्यमा विशेष योगदान पुर्याउने स्रष्टा निरौलाको बालसाहित्यसम्बन्धी प्रकाशोन्मुख संयुक्त कृति प्रकाशन हुने कुराको जानकारी दिँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
बाल साहित्य समाज नेपालका पूर्व अध्यक्ष प्रमोद प्रधानले लेखक र स्रष्टामा भएको भिन्नता बताउँदै विमला निरौला लेखक नभएर एक स्रष्टा भएको बताए । प्रधानले शुभकामना दिने क्रममा स्रष्टा निरौलाले बाल साहित्यमा गरेको योगदानको चर्चा गर्दै निरौलाद्वारा बाल साहित्य समाज नेपालमार्फत बालसाहित्यमा कलम चलाउनेका लागि अक्षेरुपी दुई लाखको अक्षयकोष खडा गरी पुरस्कारको व्यवस्था समेत गरेको जानकारी गराएका थिए ।
अनेसासकी निवर्तमान महासचिव साहित्यकार तथा लोकार्पित कृतिका स्रष्टा विमला निरौलाले कृति लेखनका विषयमा बताएकी थिइन् । स्रष्टा मन्तव्यका क्रममा उपस्थित अतिथिहरुको आशीर्वाद एवं मायाका कारण भावविह्वल बनेकी स्रष्टाका आँखाबाट प्रेमाश्रु खसेका थिए ।
प्रमुख अतिथि रोदनले राष्ट्रकवि घिमिरे, लक्ष्मीप्रसाद देवकोटाका कृति र वर्तमानका नेपाली साहित्यिक कृतिहरु, त्यसबेलाको साहित्यिक पुरस्कार र वर्तमानका पुरस्कारहरुको तुलना गर्दै स्रष्टा विमला निरौलाजस्ताका कृतिहरु पछिसम्म बाँचिरहने कुरा व्यक्त गरेका थिए । रोदनले अन्य पेशामा दाग बनाएका व्यक्तिहरु पनि पैसाका ताकतमा साहित्यका पेशामा आई दाग मेट्ने गरेकाले विकृति फैलिएको कुरा बताएका थिए ।
कार्यक्रमका सभापति कृष्ण भुसालले कार्यक्रम समापनका क्रममा उपस्थिति सबैलाई धन्यवाद दिँदै मिलापबाट स्रष्टा विमला निरौलाको कृति प्रकाशन तथा कार्यक्रम आयोजना गर्न पाएकोमा गौरवान्वित भएको कुरा बताएका थिए ।
कार्यक्रममा राजधानीस्थिति साहित्यकारहरुको उल्लेख्य रुपमा उपस्थित भएको थियो ।

Previous Post

सुदूरपश्चिम प्रदेशमा नेकपाको संसदीय दल समायोजन पूरा, खगराज भट्ट दलको नेता चयन

Next Post

आयुष मगरको ‘कान्छी’ सार्वजनिक

Next Post
आयुष मगरको ‘कान्छी’ सार्वजनिक

आयुष मगरको ‘कान्छी’ सार्वजनिक

Discussion about this post

भर्खरै प्रकाशित

प्रधानमन्त्री शाहको भारत भ्रमण : आठ विषयमा समझदारी, २ खर्ब ४० अर्ब आर्थिक सहयोग घोषणा

प्रधानमन्त्री शाहको भारत भ्रमण : आठ विषयमा समझदारी, २ खर्ब ४० अर्ब आर्थिक सहयोग घोषणा

२०८३ मंसिर ७, सोमबार ८:४७
भारतमा प्रधानमन्त्री वालेन्द्र शाहलाई गार्ड अफ अनरद्वारा सम्मान

भारतमा प्रधानमन्त्री वालेन्द्र शाहलाई गार्ड अफ अनरद्वारा सम्मान

२०८३ मंसिर ७, सोमबार ८:३२
 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.