कञ्चन विद्या मन्दिरको ४६ औँ वार्षिकोत्सव सम्पन्न

सार्थक ब्यूरो।कञ्चन विद्या मन्दिर सेकेन्डरी स्कुल र कञ्चन विद्या मन्दिर सामुदायिक कलेजले संयुक्त रूपमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएका छन्। विद्यालयको ४६ औँ र सामुदायिक कलेजको १६औँ स्थापना दिवसको अवसरमा विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रम संस्थाका प्रमुख सहजकर्ता डा. राजकुमार साँउदको नेतृत्वमा सम्पन्न भएको हो। सो अवसरमा उहाँले संस्थाले शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिनुभयो। शिक्षासँगै विद्यार्थीहरूमा धर्म, संस्कृति तथा अनुशासनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न विद्यालयले विशेष पहल गरिरहेको पनि उहाँले बताउनुभयो।
कार्यक्रमको सुरुवात कक्षा ९ मा अध्ययनरत विद्यार्थी समिक्षा पन्तले संस्कृत भाषामा आत्मपरिचय प्रस्तुत गर्दै भजन गायनमार्फत गरेकी थिइन्। त्यसपछि विद्यार्थीहरूले धर्म–संस्कृति संरक्षण र प्रवर्द्धनका सन्देश समेटिएका नृत्य, गीत तथा नाटक प्रस्तुत गरेका थिए।
विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा पतञ्जलि योग समिति नेपालका केन्द्रीय मुख्य प्रभारी लवदेव मिश्र प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। स्वागत मन्तव्य सह–प्राध्यापक यज्ञराज जोशीले राख्नुभएको थियो।
कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक डा. राजकुमार साँउदले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कञ्चन विद्या मन्दिर कञ्चनपुर जिल्लामा क्यूएए मान्यता प्राप्त एकमात्र कलेजका रूपमा परिचित छ। यहाँ नर्सरीदेखि बीबीए तहसम्म गरी कुल एक हजार ७ सय ५७ विद्यार्थी अध्ययनरत रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित