कञ्चनपुरमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढी

सार्थक ब्यूरो। प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार बढ्दै जाँदा कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी मौखिक उजुरीको संख्या बढेको छ। लिखित उजुरी भने न्यून मात्रामा दर्ता भएका छन्।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार हालसम्म तीनवटा मात्रै लिखित उजुरी दर्ता भएका छन्। मौखिक गुनासोहरूलाई प्राथमिकताका साथ तत्काल समाधान गरिँदै आएको उनले बताए। आचारसंहिताविपरीत टाँसिएका प्रचार सामग्री हटाउन र सार्वजनिक सम्पत्तिमा गरिएको प्रचार नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिइएको छ।
लिखित उजुरीमाथि भने छानबिन प्रक्रिया अघि बढाइएको, आवश्यक परे सम्बन्धित उम्मेदवार वा दलसँग स्पष्टीकरण माग्ने र कारबाहीका लागि सिफारिस गर्ने कार्य भइरहेको जनाइएको छ। हालसम्म गम्भीर प्रकृतिको उल्लङ्घनको उजुरी नपरेको प्रशासनले जनाएको छ।
जिल्लामा दल र स्वतन्त्र उम्मेदवारहरूले घरदैलो, कोणसभा र र्‍यालीमार्फत अभियान तीव्र बनाएका छन्। सार्वजनिक स्थानमा अनधिकृत पोस्टर, ब्यानर टाँस्ने र ध्वनि प्रदूषणसम्बन्धी गुनासा बढी आएका छन्। निर्वाचन स्वच्छ र मर्यादित बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न प्रशासनले सबै पक्षलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित