नेपाल आयल निगमले अनावश्यक रूपमा भण्डारण नगर्न अनुरोध गरेको छ

सार्थक व्युरो ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात र आपूर्ति नियमित रूपमा भइरहेकाले अनावश्यक रूपमा भण्डारण नगर्न उपभोक्तालाई अनुरोध गरेको छ ।
सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेललगायत इन्धन पाइपलाइनमार्फत निरन्तर आयात भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार आसन्न निर्वाचनको समयमा पनि आवश्यक परिमाणमा आपूर्ति सुनिश्चित गरिनेछ ।
निगमले ड्रम वा क्यानजस्ता भाँडामा इन्धन संकलन गर्दा आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढ्ने चेतावनी दिएको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि आवश्यक परिमाणमा मात्र इन्धन खरिद गर्न र सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तासमक्ष आग्रह गरिएको छ ।नियमित आपूर्ति व्यवस्थापन भइरहेकाले हतारमा इन्धन संकलन गर्नुपर्ने अवस्था नरहेको निगमले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित