सुदूरपश्चिमका पाँच सांसदले मातृभाषामै शपथ लिने

सार्थक व्युरो । प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम आगामी चैत १२ गते हुने तय भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले राष्ट्रपतिसमक्ष शपथ लिएपछि अन्य सांसदहरूलाई शपथ गराउने कार्यतालिका बनाइएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा यसपटक २४ जना सांसदले नेपाली भाषाबाहेक आफ्नै मातृभाषामा शपथ लिने इच्छा प्रकट गरेका छन्। तीमध्ये सुदूरपश्चिम प्रदेशका पाँच जना सांसद पनि रहेका छन्।
मातृभाषामा शपथ लिने सुदूरपश्चिमका सांसदमध्ये दीपक बोहरा, आकृति अवस्थी र हरिना कामीले डोटेली भाषा रोजेका छन्। यी तीनै जना डडेल्धुरासँग सम्बन्धित छन्। बोहरा भने कञ्चनपुर–२बाट निर्वाचित भएका हुन्।
त्यसैगरी, गीता चौधरीले थारु भाषामा शपथ लिने जनाएकी छन् भने कृपाराम रानाले रानाथारु भाषा रोजेका छन्। चौधरी र राना दुवै जना कञ्चनपुरबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा पुगेका सांसद हुन्।
शपथसम्बन्धी ऐन, २०७९ले सांसदलाई आफ्नै मातृभाषामा शपथ लिने कानुनी सुविधा दिएको छ। यही व्यवस्था अनुरूप सम्बन्धित सांसदहरूले आफूले प्रयोग गर्ने भाषाको विवरण संसद सचिवालयमा बुझाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित