पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च

सार्थक व्युरो । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेपछि पेट्रोलको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। निगमले पेट्रोल र डिजेल दुवैमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको हो।
चैत १९ गते बसेको निगमको सञ्चालक समितिको निर्णयअनुसार संशोधित मूल्य शुक्रबार मध्यरातदेखि लागू गरिएको छ। नयाँ दरअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ निर्धारण गरिएको छ।
निगमका अनुसार मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लागिरहेको छ। यही अवस्थाले निगमलाई हरेक पन्ध्र दिनमा करिब १३ अर्ब २१ करोड रुपैयाँ बराबरको घाटा बेहोरिरहनु परेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित