सुधारिएको चुलो निःशुल्क वितरण

सार्थक व्युरो । बर्दगोेरिया गाउँपालिका ले दिगो ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थानीय बासिन्दालाई सुधारिएको चुलो निःशुल्क वितरण गरेको छ। एकता समाज काठमाडौं को सहयोग तथा गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
गाउँपालिकाले कम दाउरा प्रयोग हुने र कम धुवाँ निस्कने करिब ४ हजार ७ सय ९८ वटा चुलो वितरण गरिरहेको जनाएको छ। वडा नम्बर १ देखि ६ सम्मका उपभोक्तालाई चैत २१ गतेसम्म चुलो उपलब्ध गराउने योजना रहेको छ।
भान्सामा प्रयोग हुने ग्यासको मूल्य बढिरहेको अवस्थामा निःशुल्क चुलो पाउँदा स्थानीय उपभोक्ताले राहत महसुस गरेका छन्। यद्यपि आवेदन फारम भर्न नपाएका केही उपभोक्ताले भने निराशा व्यक्त गरेका छन्। गाउँपालिकाले त्यस्ता उपभोक्ताका लागि आगामी चरणमा व्यवस्था गरिने जनाएको छ।
सुधारिएको चुलो प्रयोगले घरभित्रको धुवाँ कम गर्ने, स्वास्थ्यमा सकारात्मक असर पार्ने र दाउराको खपत घटाउने अपेक्षा गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर ले ग्यासको बढ्दो मूल्यलाई मध्यनजर गर्दै स्थानीयलाई सहुलियत दिन यस्तो कार्यक्रम ल्याइएको बताए। उनले वातावरण संरक्षणसँगै दिगो ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको पनि स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित