सार्थक व्युरो ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दलको नेताका रूपमा भीष्मराज आङ्देम्बेलाई चयन गर्ने निर्णय गरेको छ। बैठकले उहाँलाई सर्वसम्मत रूपमा दलको नेता बनाउने निष्कर्षमा पुगेको हो।
उक्त निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरिएको जनाइएको छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेसले पहिलोपटक सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्न लागेको बताइएको छ।
आङ्देम्बे हाल समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुनुहुन्छ। प्रारम्भमा संसदीय दलको नेतृत्वका लागि उहाँसँगै अर्जुननरसिंह केसी र मोहन आचार्य पनि प्रमुख दाबेदारका रूपमा देखिएका थिए।


















Discussion about this post