समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक गर्न थालियो

सार्थक व्युरो ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्यामा परेका सहकारी संस्थाका ठूला ऋणीहरूको विवरण सार्वजनिक गर्ने प्रक्रिया सुरु गरेको छ। समितिले पहिलो चरणअन्तर्गत समस्याग्रस्त घोषणा गरिएका १० सहकारी संस्थासँग सम्बन्धित प्रमुख ऋणीहरूको नाम सार्वजनिक गरेको जनाएको हो।
समितिका अनुसार अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नामावली पनि क्रमशः सार्वजनिक गरिनेछ। समितिले जारी गरेको सूचनामा सम्बन्धित ऋणीहरूलाई तत्काल कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्न आग्रह गरिएको छ।
समितिले समयमै ऋण भुक्तानी नगरे कानुनी प्रक्रिया अनुसार असुली कार्य अघि बढाइने चेतावनी समेत दिएको छ। साथै हालसम्म नाम सार्वजनिक नभएका अन्य ऋणीहरूलाई पनि यथाशीघ्र सम्पर्कमा आई ऋण तिर्न आग्रह गरिएको छ।
पहिलो चरणमा सार्वजनिक गरिएका सहकारी संस्थामध्ये घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी तथा नेपाल सहकारी वित्तीय सहकारीका ठूला ऋणी समावेश रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित