महाकाली नदी क्षेत्रमा उत्खनन गतिविधिमाथि प्रशासनको कडा अनुगमन

सार्थक व्युरो । महाकाली नदी किनारमा भइरहेको नदीजन्य पदार्थ उत्खननप्रति जिल्ला प्रशासन कार्यालय बैतडीले निगरानी तीव्र बनाएको जनाएको छ। पञ्चेश्वर गाउँपालिका–४ को जंगल्तडा क्षेत्रमा सडक निर्माणका लागि बालुवा, गिट्टी र ढुङ्गा उत्खनन भइरहेको अवस्थामा प्रशासनले अनुगमन बढाएको हो।
पाटन–पञ्चेश्वर सडक स्तरोन्नतिको कामका लागि निर्माण कम्पनीले महाकाली नदीबाट सामग्री सङ्कलन गरिरहेको विषयमा स्थानीयवासीले अत्यधिक उत्खनन भएको गुनासो गरेपछि प्रशासन सक्रिय भएको बताइएको छ। गाउँपालिकाले सडक निर्माणका लागि आवश्यक सामग्री उठाउन अनुमति दिएको भए पनि त्यसको दुरुपयोग गरी आवश्यकता भन्दा बढी उत्खनन गरिएको आरोप स्थानीयको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो समय अवैध उत्खनन नियन्त्रणका क्रममा पाँच वटा टिप्पर नियन्त्रणमा लिइएको छ। ती सवारीसाधनलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई ले नदीजन्य पदार्थको अवैध दोहन रोक्न प्रशासनले नियमित निगरानी र अनुगमनलाई कडा बनाएको बताउनुभयो।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडू ले नियन्त्रणमा लिइएका टिप्परहरू आवश्यक राजस्व प्रक्रिया पूरा भएपछि छाडिएको जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित