दार्चुलामा जिप दुर्घटना : पाँच जना घाइते, दुईको अवस्था गम्भीर

सार्थक व्युरो ।दार्चुला जिल्लाको मार्मा क्षेत्रमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।शनिबार राति करिब ८ बजेतिर मार्मा गाउँपालिकाको ताकुबाट घोल्जरतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज ००७६ नम्बरको जिप पातिहाल्ला क्षेत्रमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा हरिश महरा सहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये चालक २६ वर्षीय हरिश महरा र १७ वर्षीया स्मृति ठगुन्नाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्ट ले जानकारी दिनुभयो।
घटनामा मार्मा गाउँपालिका–१ घोल्जरकी २७ वर्षीया मनिषा ठगुन्ना, १३ वर्षीया सारिका ठगुन्ना र १६ वर्षीय विवेक महरा पनि घाइते भएका छन्।प्रहरीका अनुसार दुर्घटनापछि जिप सडकबाट करिब ६० मिटर तल खसेको थियो। सबै घाइतेलाई शनिबार रातिनै थप उपचारका लागि धनगढी पठाइएको छ।घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित