सार्थक व्युरो । जिल्ला अस्पताल बैतडी को पुरानो गोदाममा आइतबार दिउँसो आगलागी भएको छ।प्रहरीका अनुसार दिउँसो करिब साढे ३ बजेतिर सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासपछि अपराह्न ४ बजेतिर नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडू ले गोदामभित्र प्रयोग भइसकेका पुराना स्वास्थ्य सामग्री तथा लिलामी प्रक्रियामा रहेका सामान राखिएको जानकारी दिनुभयो।
आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।


















Discussion about this post