मदन–आश्रित स्मृति दिवस आज : एमालेद्वारा देशभर विभिन्न कार्यक्रम आयोजना

सार्थक व्युरो ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित को ३३औँ स्मृति दिवसका अवसरमा आज देशभर विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ।
स्मृति दिवसको अवसर पारेर काठमाडौंको मदननगर बल्खुमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिनेछ भने गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान मा विचार गोष्ठी सञ्चालन हुने एमालेले जनाएको छ।
पार्टीका अनुसार देशका विभिन्न जिल्लामा मदन–आश्रितको राजनीतिक योगदान र विचारमाथि केन्द्रित अन्तरक्रिया, विचार विमर्श तथा स्मरण कार्यक्रम आयोजना गरिनेछ। साथै वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर सञ्चालन तथा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरणजस्ता सामाजिक कार्यक्रमसमेत गरिने तयारी गरिएको छ।
जननेता मदन भण्डारी र नेता जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुङ्गा मा भएको सवारी दुर्घटनामा निधन भएको थियो। उक्त घटना नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा चर्चित र रहस्यमय घटनाका रूपमा उल्लेख हुँदै आएको छ।
एमालेले मदन भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रतिपादकका रूपमा सम्मान गर्दै आएको छ। पार्टीले जबजलाई आफ्नो मार्गदर्शक राजनीतिक सिद्धान्तका रूपमा अंगिकार गर्दै राजनीतिक गतिविधि सञ्चालन गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित