सार्थक ब्यूरो । कैलाली प्रहरीले धनगढी उपमहानगर क्षेत्रका विभिन्न होटलमा सञ्चालन गरेको विशेष अनुगमनका क्रममा २४ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा बजार क्षेत्रका ६ वटा होटलमा एकसाथ छापा मारिएको थियो।
कारबाहीका क्रममा ११ महिला र १३ पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये सात जना भारतीय नागरिक पुरुष रहेका छन्। नियन्त्रणमा लिइएका सबैलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
धनगढीका विभिन्न होटलमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले अनुगमन र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।


















Discussion about this post