एमालेसँग छिट्टै सहकार्य अघि बढ्ने प्रचण्डको संकेत

सार्थक ब्यूरो । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग निकट भविष्यमा सहकार्यको प्रक्रिया सुरु हुने बताएका छन्।
विराटनगरमा शुक्रबार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेसँगको सहकार्यका विषयमा सकारात्मक संवाद भइरहेको जानकारी दिएका हुन्। उनले वामपन्थी शक्तिहरूसँग मात्र नभई लोकतान्त्रिक दल जनता समाजवादी पार्टी (जसपा) सँग समेत निरन्तर छलफल भइरहेको उल्लेख गरे।
सम्बोधनका क्रममा प्रचण्डले आगामी महाधिवेशनमा पनि नयाँ राजनीतिक मोड आउने संकेत गर्दै आफूले अर्को महत्वपूर्ण ‘क्रमभङ्ग’ गर्ने दाबी गरे। उनले भने, “अब प्रचण्डको अन्तिम क्रमभङ्ग कस्तो हुन्छ, त्यो हेर्न बाँकी छ।”
उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउने योजनाबारे पनि चर्चा गरे। पार्टीका सहसंयोजक माधवकुमार नेपाल हाल रुस भ्रमणमा रहेको जानकारी दिँदै आफू पनि निकट भविष्यमै श्रीलङ्का जाने तयारीमा रहेको बताए।
प्रचण्डले राष्ट्रिय राजनीतिमा नयाँ सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमार्फत पार्टीलाई थप सशक्त बनाउने दिशामा अघि बढिरहेको धारणा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित