रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

सार्थक ब्यूरो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गरेका छन्। चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।सभापति लामिछानेले केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै पार्टीको चुनाव चिह्न ‘घण्टी’ उपहारस्वरूप हस्तान्तरण गरेका थिए। केन्द्रीय सदस्यहरूको शपथपछि पदाधिकारीहरूले पनि शपथ ग्रहण गरेका हुन्। सभापति लामिछानेले भने यसअघि नै आफ्नो पद तथा गोपनीयताको शपथ लिइसकेका थिए।रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो।
निर्वाचन आयोगका अनुसार केन्द्रीय समितिमा खुला तथा समावेशी समूहबाट ३३ जना, खसआर्यबाट १० जना, आदिवासी–जनजातिबाट ९ जना, थारु समुदायबाट २ जना, मधेसीबाट ५ जना, दलितबाट ४ जना र मुस्लिम समुदायबाट २ जना निर्वाचित भएका छन्। त्यस्तै सातवटै प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना प्रादेशिक प्रतिनिधि चयन भएका छन्।
खुला तथा समावेशी समूहबाट रवि लामिछाने, डा. स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा. तोसिमा कार्की, रञ्जु न्यौपाने, मनिष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिनकुमार आचार्य, रमेश प्रसाई, विराजभक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, सस्मित पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम शाह, हिमेश पन्त, जगदीश खरेल (दोलखा), गीता चौधरी र लिमा अधिकारी आचार्य निर्वाचित भएका छन्।
खसआर्य समूहबाट सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लीश्वर कार्की (रोहन), प्रकृति ढकाल, टीका सङ्ग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल, जमुना शर्मा र सुशीला कार्की पोख्रेल निर्वाचित भएका छन्।
आदिवासी–जनजाति समूहबाट मिलन लिम्बू, शङ्कर श्रेष्ठ, मिङ्मा डण्डु शेर्पा, महेश लामा, ध्रुव थापा (मगर), आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ र कुशुम महर्जन निर्वाचित भएका छन्।
थारु समूहबाट करिष्मा कठरिया र अशोकुमार चौधरी, मधेसी समूहबाट बब्लु गुप्ता, अरविन्द साह, दीपकुमार साह, जुली यादव र कामिनीकुमारी चौधरी निर्वाचित भएका छन्।
दलित समूहबाट विजय जैरु, शिव नेपाली, सविना विक र खिमा विक तथा मुस्लिम समूहबाट समिना मिया र रहबर अन्सारी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
कोशी प्रदेशबाट निशा मेहता, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा र सुजाता तामाङ निर्वाचित भएका छन्। मधेस प्रदेशबाट सुस्मा बस्नेत, सुनिताकुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह र अङ्कितकुमार यादव चयन भएका छन्।
बागमती प्रदेशबाट प्रभा ढकाल, विदुषी राणा, आकाङ्क्षा पोखरेल, अनिता श्रेष्ठ र पार्वती थापा तथा गण्डकी प्रदेशबाट पवित्रा थापा, मनिष खनाल, सागर भुसाल, पूजा बास्तोला र विष्णुकुमारी गुरुङ निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशबाट कल्पना पाण्डे, सङ्गीता ढकाल, ज्ञानु पौड्याल, देवराज पाठक र शर्मिला खनाल, कर्णाली प्रदेशबाट सीता बादी, विनिता कठायत, टासी ल्हाजोम, मेनुका शाही र प्रकाश न्यौपाने तथा सुदूरपश्चिम प्रदेशबाट हेमराज थापा, केपी खनाल, दीपकराज बोहरा, जानिका जोशी र चन्द्र ऐर ‘चाँदनी’ निर्वाचित भएका छन्।
महाधिवेशनबाट रास्वपाका ६ जना पदाधिकारी निर्वाचित भएका छन्। पहिलो चरणमा केन्द्रीय सदस्य र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन सम्पन्न भएको थियो।
सभापतिमा रवि लामिछाने तथा खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। महिला उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, खुला सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल तथा महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित