सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

प्रज्ञा -प्रतिष्ठानहरूका निर्णायक तहमा सुदूरपश्चिम माथि किनभेदभाव ?

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ श्रावण २५, सोमबार ११:०९
in Breaking (With Image), राजनीति, समाचार, समाज
0
प्रज्ञा -प्रतिष्ठानहरूका निर्णायक तहमा सुदूरपश्चिम माथि किनभेदभाव ?

— जगन्नाथ आत्रेय,महेन्द्रनगर कञ्चनपुर
ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्ञ्
नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा हालै भएका नियुक्तिले फेरि एउटा पुरानो प्रश्नलाई सतहमा ल्याएको छ—राज्यका राष्ट्रिय सांस्कृतिक संस्थाहरूमा सुदूरपश्चिम र कर्णालीको उपस्थिति केवल औपचारिकतामै सीमित हो कि निर्णय गर्ने तहसम्म पनि पुगेको छ ?
नेपाल प्रज्ञा प्रतिष्ठानको सभा सदस्यमा कैलालीका मोहित जोशी, र हरिप्रिया श्रेष्ठ, कञ्चनपुरका श्यामसुन्दर ढकाल तथा डोटीकी हेमन्ती जोशी नियुक्त भएका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कैलालीका दीपक आउजी तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कञ्चनपुरकी रेखाकुमारी जोशी सभा सदस्य नियुक्त भएका छन्। किरण पौडेल र खडक गिरी सुदूरपश्चिमका भनिए पनि उहाँहरू नेपालगञ्जका बासिन्दा हुन। ९० जना जतिको नियुक्तिमा सुदूरपश्चिम बाट ६जना त्यसमा पनि कार्यकारी पद नहुनु आफैमा बिडम्बना पुर्ण भयेन र ?
पहिलो दृष्टिमा हेर्दा सुदूरपश्चिमको उपस्थिति देखिन्छ। तर गहिरिएर हेर्दा त्यो उपस्थिति निर्णय गर्ने तहमा होइन, सभा सदस्यको भूमिकामा मात्र सीमित छ।
प्रज्ञा परिषद् तथा कुलपति, उपकुलपति र सदस्य–सचिवजस्ता कार्यकारी नेतृत्वमा भने सुदूरपश्चिम र कर्णालीबाट एउटा पनि प्रतिनिधित्व छैन। यसले केन्द्रीयकरणको पुरानै प्रवृत्ति अझै जीवित रहेको संकेत गर्छ। प्रश्न उठ्छ—के यी प्रदेशमा नेतृत्व गर्न सक्ने हैसियतका सर्जक छैनन्रु वा उनीहरूलाई नेतृत्वसम्म पुग्ने अवसर नै दिइँदैन ?
सुदूरपश्चिमका सन्दर्भमा अर्को पक्ष पनि उत्तिकै महत्वपूर्ण छ। नियुक्ति भएकाहरूको सूची हेर्दा अवसर प्रदेशभित्र पनि सीमित जिल्लामै केन्द्रित भएको देखिन्छ। सुदूरपश्चिमका अन्य जिल्लामा साहित्य, कला, संगीत, नाटक र संस्कृतिका क्षेत्रमा दीर्घकालीन योगदान दिएका व्यक्तित्व हुँदाहुँदै पनि नियुक्ति केही जिल्लामै सीमित हुनु प्रदेशभित्रकै अवसर वितरणमाथि प्रश्न उठाउने विषय बनेको छ। केन्द्रीयकरणको आलोचना गर्ने क्रममा प्रदेशभित्रै पनि अवसरको केन्द्रीयकरण हुनु विडम्बनापूर्ण छ।
कतिपयले तर्क गर्न सक्छन्—ूसुदूरपश्चिमको भाग त परेकै छ।ू तर यहाँ बहस भागको होइन, हिस्सेदारीको हो। लोकतान्त्रिक व्यवस्थामा प्रतिनिधित्वको अर्थ केवल सूचीमा नाम समावेश हुनु होइनस निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता सुनिश्चित हुनु हो। अधिकारविहीन प्रतिनिधित्वले समावेशिताको संख्या त बढाउन सक्छ, तर त्यसले समान अवसरको मर्म पूरा गर्दैन।
सभा सदस्य संस्था सञ्चालनको महत्वपूर्ण अंग भए पनि संस्थाको नीति, कार्यक्रम, बजेट, प्राथमिकता र भविष्यको दिशा निर्धारण गर्ने अधिकार प्रज्ञा परिषद् र कार्यकारी नेतृत्वसँग केन्द्रित हुन्छ। त्यसैले नेतृत्व तहमा प्रतिनिधित्व नदिई सभा सदस्यमा मात्र सीमित गर्नु समावेशिताको आत्माभन्दा पनि प्रतीकात्मक उपस्थितिको अभ्यासजस्तो देखिन्छ। आलोचकहरूले यसलाई निर्णय प्रक्रियाभन्दा बाहिर राखेर केवल औपचारिक उपस्थिति सुनिश्चित गर्ने प्रवृत्तिका रूपमा पनि व्याख्या गर्न सक्छन्।
अझ महत्वपूर्ण कुरा, सभा सदस्यमा नियुक्त भएका व्यक्तिमध्ये पनि परिषद् वा कार्यकारी नेतृत्व सम्हाल्न सक्ने क्षमता, अनुभव र योगदान भएका व्यक्ति नभएका होइनन्। त्यसैले उनीहरूलाई निर्णय गर्ने तहबाट किन टाढा राखियो भन्ने प्रश्न अझ सशक्त बन्छ। यदि योग्यता नै मुख्य आधार हो भने त्यो योग्यता नेतृत्व तहमा किन प्रतिबिम्बित भएन ?
यहीँबाट नियुक्ति प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठ्छ। राज्यका यस्ता प्रतिष्ठित संस्थामा नियुक्ति गर्दा योग्यता, योगदान, अनुभव र संस्थागत दृष्टिलाई आधार बनाइएको हो भने त्यसका मापदण्ड सार्वजनिक हुनुपर्छ। अन्यथा क्षमता र योगदानभन्दा सम्पर्क, पहुँच र शक्ति केन्द्रसँगको निकटताले बढी भूमिका खेलेको हो कि भन्ने आशंका दोहोरिरहन्छ। यो कुनै नियुक्त व्यक्तिको योग्यता माथिको टिप्पणी होइन, बरु नियुक्ति प्रणालीलाई अझ पारदर्शी र विश्वासयोग्य बनाउने आग्रह हो।
सुदूरपश्चिम र कर्णालीले विकासका अनेक क्षेत्रमा दशकौँदेखि अवसरको असमानता भोग्दै आएका छन्। अब सांस्कृतिक संस्थाको नेतृत्वमा पनि त्यही ढाँचा दोहोरिनु चिन्ताजनक विषय हो। संस्कृति कुनै एक भूगोलको सम्पत्ति होइनस यो सम्पूर्ण राष्ट्रको साझा पहिचान हो। त्यसैले त्यसको नेतृत्व पनि देशका सबै भूगोल, समुदाय र प्रदेशको साझा स्वामित्व झल्काउने हुनुपर्छ।
आजको आवश्यकता केवल प्रतिनिधिको संख्या बढाउनु होइन, निर्णय गर्ने ठाउँमा समान पहुँच सुनिश्चित गर्नु हो। यदि सुदूरपश्चिम र कर्णालीका योग्य सर्जकलाई नेतृत्व तहसम्म पुग्ने अवसर दिइँदैन भने समावेशिताको भाषण व्यवहारमा खोक्रो सावित हुनेछ।
त्यसैले अब नियुक्ति प्रक्रियामा स्पष्ट योग्यता मापदण्ड, पारदर्शी छनोट प्रणाली, क्षेत्रीय सन्तुलन र अधिकारसहितको सहभागितालाई प्राथमिकता दिनुपर्छ। राष्ट्रिय संस्थाको राष्ट्रिय चरित्र तब मात्र स्थापित हुन्छ, जब त्यसको नेतृत्वमा पनि नेपालको सम्पूर्ण भूगोलले आफूलाई देख्न पाउँछ। अन्यथा प्रतिनिधित्वको नाममा सूचीमा नाम थपिनेछ, तर निर्णय गर्ने कोठामा सुदूरपश्चिम फेरि पनि अदृश्य नै रहनेछ।

Previous Post

प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी

Next Post

कञ्चनपुरमा वन, पर्यावरण, वन्यजन्तुको सरक्षण मात्रै होईन वनमा निर्भर उपभोक्तालाई आत्मनिर्भर बनाउँदै सिएफसिसी

Next Post
कञ्चनपुरमा वन, पर्यावरण, वन्यजन्तुको सरक्षण मात्रै होईन वनमा निर्भर उपभोक्तालाई आत्मनिर्भर बनाउँदै सिएफसिसी

कञ्चनपुरमा वन, पर्यावरण, वन्यजन्तुको सरक्षण मात्रै होईन वनमा निर्भर उपभोक्तालाई आत्मनिर्भर बनाउँदै सिएफसिसी

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.