सार्थक ब्यूरो । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको भव्य स्वागत गर्ने तयारी गरेको छ।
यही साउन २८ गते स्वदेश फर्कन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै धुम्बाराहीस्थित निवाससम्म ‘स्कर्टिङ’ गर्ने तयारी गरिएको नेता एनपी साउदले जानकारी दिए।
साउदका अनुसार देउवाको स्वागत तथा स्कर्टिङमा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुनेछन्। संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन उपत्यकाबाहिरबाट काठमाडौं आउने तथा उपत्यकामै रहेका प्रजातन्त्रवादी नेता–कार्यकर्तालाई विमानस्थलमा उपस्थित गराएर देउवाको स्वागत गर्ने तयारी गरिएको उनले बताए।
देउवाको स्वदेश आगमनलाई पार्टीभित्र संस्थापन इतर समूहले शक्ति प्रदर्शनका रूपमा समेत प्रस्तुत गर्ने तयारी गरेको देखिन्छ। स्वागत कार्यक्रममा ठूलो संख्यामा नेता–कार्यकर्ता सहभागी गराउने तयारीले कांग्रेसभित्रको आगामी राजनीतिक समीकरण र नेतृत्वको बहसलाई थप रोचक बनाउने देखिएको छ।








Discussion about this post