सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

नारा होइन उत्पादन गर्

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ कार्तिक २२, आईतवार ६:५९
in Breaking (With Image), समाचार, हाम्रो विचार
0
नारा होइन उत्पादन गर्

सार्थक डेस्क। अब नेपाली जनतालाई भाषण होइन, परिणाम चाहिएको छ । परिणाम खोजी मा धेरै बिकल्प हेरिए र अझै हेरिरहेका छौं । यही निराशाको बीचमा नयाँ राजनीतिक शक्तिहरू “हामी नै विकल्प हौं“ भन्दै उदाए । तर विकल्प बन्ने दाबी गर्नेहरू पनि पुरानै रोगबाट मुक्त हुन सकेनन् । जनताका आधारभूत समस्या समाधान गर्नुको सट्टा राजनीतिक प्रतिशोध, आरोप–प्रत्यारोप र सत्ताको अंकगणितमै उनीहरूको ऊर्जा खर्च भयो । विकल्पको आशा बोकेका नागरिक फेरि प्रश्न गर्न बाध्य भए ,के विकल्प भनेको केवल नयाँ अनुहार मात्र हो, कि नयाँ सोच र नयाँ काम पनि हो ?
नेपालको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार मात्र होइन । भ्रष्टाचार त परिणाम हो, जरा होइन । जरा त उत्पादनविहीन अर्थतन्त्र हो । हामी उत्पादन नगर्ने, आयातमा बाँच्ने र व्यापारलाई मात्र अर्थतन्त्र सम्झिने मानसिकतामा फसेका छौं । जबसम्म उत्पादनलाई राष्ट्रिय अभियान बनाइँदैन, तबसम्म बेरोजगारी, गरिबी र भ्रष्टाचार कुनै पनि कानुनले अन्त्य गर्न सक्दैन ।
हामीसँग विशाल जंगल छन् । तर व्यवस्थापन गरेर सदुपयोग गर्नुभन्दा निषेधका कानुन धेरै छन् । कानुनले इमानदारलाई रोक्छ, तर तस्करलाई रोक्न सक्दैन । परिणामस्वरूप वन सम्पदा चोरी हुन्छ, राज्यले राजस्व गुमाउँछ र स्थानीयले रोजगारी गुमाउँछन् । हामीसँग ढुंगा, गिटी, बालुवा, चुनढुंगा, तामा, फलाम, सुनदेखि दुर्लभ खनिजसम्मका सम्भावना छन् । तर नीति अस्पष्ट छ, प्रक्रिया जटिल छ, निर्णय ढिलो छ । एउटा व्यवस्थित खानी सञ्चालन हुँदा हजारौं युवाले रोजगारी पाउन सक्छन्, गाउँमा सडक पुग्न सक्छ, उद्योग स्थापना हुन सक्छ र राज्यको आम्दानी बढ्न
सक्छ । तर आज पनि यस्ता सम्भावनाहरू कागजमै सीमित छन् । प्राकृतिक स्रोतलाई संरक्षण र उत्पादनबीच सन्तुलन मिलाएर उपयोग गर्ने नीति बनाउनुपर्नेमा हामी या त सबै बन्द गर्छौं, या सबै खुला छोड्छौं । दुवै दृष्टिकोण राष्ट्रका लागि हानिकारक छन् ।
अर्को गम्भीर समस्या श्रमको मूल्य हो । दिनभरि पसिना बगाउने नागरिकले आफ्नो परिवार पाल्न नसक्ने अवस्था छ । जब इमानदार श्रमले जीवन धान्न सक्दैन, तब अनियमितता, घुस र भ्रष्टाचार धेरैका लागि बाध्यता बन्छ । भ्रष्टाचारको
अन्त्य भाषणले होइन, सम्मानजनक आम्दानीले हुन्छ । राज्य सञ्चालन गर्नेहरू नीतिनिर्माता कम र जागिरे मानसिकताका कर्मचारीजस्ता बढी देखिएका छन् । घोषणापत्र चुनावपछि दराजमा थन्किन्छ । बाचापत्र भाषणमै सीमित हुन्छ ।
जिम्मेवारी स्वीकार गर्नेभन्दा दोष अरूमाथि थोपर्ने प्रवृत्ति बढ्दो छ । यस्तो अवस्थामा राज्य नागरिकको अभिभावक होइन, बेवारिसे संरचनाजस्तो देखिन थालेको छ ।
नेपाललाई केवल आयात–निर्यातको बजार बनाएर समृद्धि सम्भव छैन । आज हामी विदेशी उत्पादन किन्ने, त्यसैलाई महँगोमा बेच्ने र त्यसलाई व्यापारिक सफलता ठान्ने भ्रममा छौं । उत्पादन नगर्ने राष्ट्र कहिल्यै आत्मनिर्भर हुँदैन । आत्मनिर्भरता नारा होइन; खेतमा उत्पादन बढ्नु, उद्योग चल्नु, खानी सञ्चालन हुनु, वन सम्पदाको वैज्ञानिक उपयोग हुनु र युवाले आफ्नै देशमा सम्मानजनक रोजगारी पाउनु हो ।
अब देशलाई अर्को भाषण होइन, अर्को दिशा चाहिएको छ । अब नीति यस्तो बनोस्, जसले उत्पादनलाई प्रोत्साहन गरोस्, उद्यमीलाई सम्मान गरोस्, श्रमिकलाई उचित पारिश्रमिक दिओस्, प्राकृतिक स्रोतको वैज्ञानिक उपयोग सुनिश्चित गरोस् र भ्रष्टाचारलाई अवसर होइन, जोखिम बनाओस् ।
जनताले अब चमत्कार खोजेका छैनन् । उनीहरूले इमानदार नेतृत्व, स्पष्ट नीति र परिणाम दिने शासन खोजेका छन् । विकल्पको अर्थ नयाँ पार्टी मात्र होइन, नयाँ कार्यशैली हो । परिवर्तनको अर्थ नयाँ नारा होइन, नयाँ उत्पादन हो ।
देशलाई बचाउने शक्ति भाषणमा छैन, उत्पादनमा छ । समृद्धि विदेशी ऋणमा छैन, आफ्नै श्रममा छ । सुशासन कानुनका पानामा होइन, नेतृत्वको चरित्रमा देखिनुपर्छ ।
अब प्रश्न नेताहरूलाई होइन, सम्पूर्ण राष्ट्रलाई हो—हामी अझै नारामै बाँच्ने कि उत्पादनमार्फत भविष्य निर्माण गर्ने ? इतिहासले भाषण गर्नेहरूलाई होइन, राष्ट्र बनाउनेहरूलाई सम्झन्छ ।

Previous Post

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

Next Post

 सक्षम नेतृत्व छानौं

Next Post
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.