सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

हलिया मुक्ति घोषणा गरेको १६ वर्ष बितिसक्दा समेत छाक टार्नै मुस्किल

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ भाद्र २४, सोमबार ८:४५
in Breaking (With Image), सुदूरपश्चिम प्रदेश
0

मुक्त हलियालाई छाक टार्नै मुस्किल, माग पूरा गर्न प्रधानमन्त्रीलाई ज्ञापन

सार्थक ब्यूरो । सरकारले हलिया मुक्ति घोषणा गरेको १६ वर्ष बितिसक्दा समेत मुक्त हलियालाई भने छाक टार्नै मुस्किल छ । सरकारले २०६५ भदौ २१ गते हलिया मुक्त घोषणा गरेको थियो । यद्यपि मुक्त महिलाको रोजगार, शिक्षा, स्वास्थ्यलगायतका माग सम्बोधन हुन नसक्दा समस्या उत्पन्न भएको मुक्त हलियाको गुनासो छ ।
उमेरले ३५ वर्ष पुग्नुभएकी मुक्त हलिया तुलसी सार्कीका चार वटा बालबालिका छन् । खेतीपाती गरेर खान जमिन छैन । दैनिक ज्याला मजदुरी गर्दा एक छाक मात्रै खान पुग्छ । उनले भनिन्, महिनाभरि काम गर्दा पनि खान लाउन धौ धौ हुन्छ । हामीले कसरी बाँच्ने, कसरी बालबालिका हुर्काउने रु सरकारले हलियामुक्त घोषणा गरेका भए पनि समस्या उस्तै छन् ।
घर बनाउन सरकारले सवा तीन लाख रुपियाँ दिएको थियो । मुक्त हलिया रामबहादुर टमटाले भने, “घर बनाउन १५ लाख रुपियाँ खर्च भयो । सरकारले शिक्षा, रोजगार दिउँला भनेको हो तर दिएन । सरकारले दिएको सुविधाले घर लगाउन त पुगेन, ऋण लाग्यो । जीवन निर्वाह गर्न कठिन छ । हलियामुक्त घोषणा गरेर सरकारले मालिकको अधीनबाट बाहिर ल्याउने काम मात्रै भएको मुक्त हलिया तुलाराम सार्कीले बताए । सरकारले केही हदसम्म ठिक काम गरे भए पनि शिक्षा, स्वास्थ्य, रोजगार, सरसफाइ व्यवस्थापनमा चासो दिनुपर्ने देखिएको उनको भनाइ छ ।
१६ वर्षपहिले दुई हजार पाँच सय परिवारका १६ हजार ९५३ जना हलियामुक्त भएका थिए । सरकारले राहतका नाममा एक कट्ठा जमिन उपलब्ध गराएको थियो । यो जमिनमा आयआर्जन गर्न सकिँदैन । यस कारण कतिपय हलिया पुरानै साहुको घरमा फर्किएको हलिया मुक्ति महासङ्घ डडेलधुराका अध्यक्ष भरत सार्कीले बताए। स्थानीय सरकारले मुक्त हलियाको अधिकार सुनिश्चित गर्ने खालको कुनै योजना बनाउन नसकेको गुनासो उनको छ ।
गाउँमा रोजगारीका अवसर नहुँदा मुक्त कमैयाका पुरुष भारतका विभिन्न सहरमा पुगेर रोजगारी गर्नुपर्ने बाध्यता छ । सरकार आफैँले सङ्कलन गरेको तथ्याङ्क अनुसार मुक्त हलियाप्रति चासो नराखेकोप्रति उनले चिन्ता व्यक्त गरे । उनले भने, “गन्यापधुरा गाउँपालिका–१ को पूरै हलिया बस्ती सामुदायिक वनमा जीवन निर्वाह गरिरहेका छन् । भूमि सुधार तथा व्यवस्था मन्त्रालयले घर र जग्गा दुवै नभएका हलियालाई रातो परिचयपत्र(क वर्ग), घर भएका तर जग्गा नभएकालाई खैरो रङको परिचयपत्र (ख वर्ग), जग्गा भएका तर घर नभएकालाई हरियो रङको (ग वर्ग) र घर तथा जग्गा दुबै भएकालाई सेतो रङको (घ वर्ग) को परिचयपत्र प्रदान गरेको थियो ।
जिल्ला हलिया मुक्ति समाज डडेलधुराले आफ्ना माग पूरा गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । पुनस्थौपनासहितका विभिन्न माग राख्दै हलिया मुक्ति समाजले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाएको हो । छबुँदे मागसहित ज्ञापनपत्र बुझाएको जिल्ला हलिया मुक्ति समाज डडेलधुराका अध्यक्ष भरत सार्कीले जानकारी दिए ।
ज्ञापनपत्रमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपाल र नेपाल सरकारबिच भएको पाँचबुँदे सहमति र १० बुँदे सिफारिसको भावना र मर्म अनुरूप काम हुन नसक्दा मुक्त घोषणाको लामो समय हुँदासम्म पनि मुक्त हलिया कष्टकर र पीडादायी जीवन जिउन बाध्य भएको उल्लेख गरिएको छ ।
पुनस्र्थापनाको समयावधि लम्बिँदै जाँदा छुटेका मुक्त हलियाको उचित व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जन, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दा ओझेलमा पर्दै गइरहेको अध्यक्ष सार्कीले बताए। उनका अनुसार डडेलधुरामा नेपाल सरकारबाट लागत लिएका दुई हजार ५५१ घरधुरीमध्ये दुई हजार २६७ घरधुरीले मात्र पुनस्र्थापनको प्याकेज प्राप्त गरेका छन् ।

Previous Post

सरुवा हुन नमान्ने कर्मचारी माथि मन्त्रालयले कारवाही किन नगर्ने ?

Next Post

बीपीको १११औँ जन्मजयन्तीमा विभिन्न कार्यक्रम

Next Post

बीपीको १११औँ जन्मजयन्तीमा विभिन्न कार्यक्रम

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.