सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

एक महिनापछि केरूङ नाका एकतर्फी खुला

सामानसहित १३ टन सवारीसाधन मात्रै आउजाउ

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८१ कार्तिक १७, शनिबार ८:३९
in Breaking (With Image), समाचार
0


सार्थक ब्यूरो ।चीनसँगको व्यापारिक नाका रसुवातर्फको केरूङ सडक मङ्गलबारदेखि सञ्चालनमा आएको छ । एकतर्फी र निश्चित तौल भएको गाडी मात्र आउजाउ गर्न पाउने गरी नाका खुलेको छ । चिनियाँ पक्षले सामानसहित १३ टनका सवारी साधन मात्रै केरूङ आउजाउ गर्न पाइने गरी खोलेको छ । गत असोज १२ गते अविरल वर्षाले चीनतर्फको करूङ–रसुवागढीसडक भत्किएपछि उक्त नाका एक महिनादेखि बन्द थियो । रसुवागढीकेरूङ सडकखण्ड मर्मतपछि यही कात्तिक १३ गतेदेखि एकतर्फी सञ्चालनमा आएको छ । सीमा क्षेत्रका चिनियाँ अधिकारीले सोमबार रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेललेलाई दिएको सूचनानुसार क्षतिग्रस्त सडकको सामान्य मार्ग खोल्ने काम मात्रै भएकाले ठुला कन्टेनर र गह्रौँ व्यापारिक सामान बोक्ने
सवारी साधन चलाउन तत्काललाई असम्भव हुने छ ।
नेपालतर्फको रसुवागढीबाट चीनको केरूङसम्म २४ किमी सडकमा गत असोज दोस्रो साताको बाढीले क्षति पु¥याएको थियो । चिनियाँ प्राविधिकले गह्रौँ उपकरण प्रयोग गरी एक महिनासम्म लगातार प्रयास गर्दा पनि सडक सञ्चालन गर्न कठिन भएको छ । केरूङ सडक अवरूद्ध हुँदा नेपाली व्यवसायीको करोडौंँ मूल्यका व्यापारिक मालवस्तु महिना दिनदेखि सीमा र चीनका विभिन्न सहरका गोदाममा थन्किएका छन् । सो अवधिमा नेपाली व्यवसायीका फलफुल तथा मसलाजन्य खाद्य वस्तु भने कुहिएर नोक्सान भएको छ । केही फलफुल र तयारी पोसाकलगायत व्यापारिक सामान अहिले पनि केरूङका गोदाममा छन् ।रसुवाका प्रजिअ पौडेलले सडक सञ्चालन भए पनि कन्टेनरमा ६–७ टन सामान मात्र लाद्न सकिने भएकाले व्यवसायीलाई सोहीअनुसार बुझ्न भन्नुभएको छ । पौडेलका अनुसार
नेपालबाट गएको कन्टेनर दिनभर केरूङमा बसेर बेलुकी मात्र फर्कन सक्ने छ । ‘एकतर्फी र निश्चित तौल भएको गाडी मात्र आउजाउ गर्न पाउने सूचना आएको छ’, प्रजिअ पौडेलले भन्नुभयो । व्यवसायीले भने थोरै सामान मात्र एकतर्फी आयात गर्न सक्ने व्यवस्थाले व्यापार सहज रूपमा गर्न नसकिने बताए । रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुसाङ तामाङले कम्तीमा २० टन सामान ल्याउन नदिने हो भने नाका खोल्नु र नखोल्नुको अर्थ नहुने बताउँदै व्यापारीलाई कम तौलको सामान ढुवानी गर्दा घाटा हुने स्पष्ट गर्नुभयो । “नाका खोलियो भन्ने सन्देश मात्र हो । कारोबारका हिसाबले उपलब्धि हुँदैन”, उहाँले भन्नुभयो । केरुङतर्फको सडकको धेरै ठुलो भाग भोटेकोसी नदीमा भासिएको र पहरा फोरेर सामान्य मार्ग खोल्नुपर्ने अवस्था रहेको सीमाका नेपाली अधिकारीले बताए । बाढीपहिराका कारण तातोपानी
र रसुवा नाका जोड्ने सडक क्षतिग्रस्त भएपछि उत्तरका दुई स्थलमार्गबाट हुँदै आएको चीनसँगको व्यापार ठप्प हुँदै आएको थियो । तातोपानी नाका तिन दिन पहिलेदेखि सञ्चालनमा आएको छ ।रसुवातर्फको नेपाली भूभागको सडक कामचलाउ भए पनि चिनियाँ क्षेत्रमा भने तहसनहस भएको रसुवा भन्सारका अधिकारी बताउँछन् । रसुवा भन्सार अधिकृत तथा सूचना अधिकारी रवीन्द्र प्याकुरेल अहिले सरकारले
तोकेको लक्ष्यानुसार मासिक रू दुई अर्ब ५० करोड राजस्व सङ्कलन गर्नुपर्ने बताउनुहुन्छ । राजस्व सङ्कलन भने महिना दिनदेखि ठप्प छ । चीनबाट मुख्यतया तयारी पोसाक, ज्याकेट, शृङ्गार सामग्री, पाठ्य सामग्री, जुत्ता, झोला, कृषि तथा जलविद्युत्का यन्त्र, विद्युतीय गाडी, फर्निचरलगायत सामान आयात हुने गरेको छ । तिहारमा भने सजावटका सामान बढी मात्रामा आउने गरेको छ । नाका बन्द भएपछि रसुवाबाट आयात गर्न तयारी गरिएका बिजुलीका झिलीमिली सामान केरूङ गोदाममा थन्किएका छन् । यही कात्तिक १२ गते नै सञ्चालनमा आउने भनिए पनि सडकको काम नसकिएकाले १३ गते बिहानदेखि सडक पूर्ण रूपमा एकतर्फी मात्रै सञ्चालन भएको हो । सडक बन्नासाथ बिहानैदेखि सयाँै मालबाहक कन्टेनर र सानाठुला गाडी केरूङबाट रसुवागढी नाका हुँदै नेपाल आइरहेको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताउनुभयो । सडकको अवस्था हेरेर १३ टन क्षमताका मालबाहक सवारी साधन र अन्य सानाठुलाला गाडी मात्र ओहरदोहर गराइने चिनियाँ पक्षले जानकारी दिएकोसमेत उहाँले बताउनुभयो । चिनियाँ भूभागको ठोङ्सा नजिकैको पाखामा अत्यधिक वर्षा भएका कारण सडक माथिबाट पहिरो जाँदा अवरूद्ध भएको सडक त्यसमाथि भोटेकोसीमा बाढीले सडक बगाइदिएपछि नाका पूर्ण रूपमा बन्द भएको थियो । गत असोज १२ गते परेको पानीले पहिरो आई सडक भत्काएको र बाढीले सडक बगाएको हो ।

Previous Post

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

Next Post

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने

Next Post

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.