
सार्थक ब्यूरो । कैलाली प्रहरीले गोदावरी बाट गोली सहितका दुईथान भरुवा बन्दुक बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिकामा पर्ने चैतडा सामुदायिक जंगलको खोल्सोमा लुकाई–छिपाई राखेको अवस्थामा २ थान भरुवा बन्दुक बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार २ थान भरूवा बन्दुक, सोही बन्दुक नजिकै रहेको कालो रङको झोला भित्र ४ ओटा फलाम र ४ ओटा सिसाको गोली र २ सय ग्रामजती बारुद पनि बरामद गरिको छ ।प्रहरीले बन्दुक बरामद भएको सामुदायीक बनको नजिकै घर भएका लाल बहादुर बुढामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जनाको छ । चुरे आसपासमा सिकार गर्नका लागि बन्दुकहरु लुकाएर राखिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
शुक्लाफाँटा राष्टिय निकुञ्ज विस्थापितहरुको समस्यासमाधान आयोग कञ्चनपुरको सुचना



















Discussion about this post